Kathmandu Press

नक्कली नेपाली नाेटसहित दुई भारतीय पक्राउ

रौतहट, पुस १ : रौतहटको परोहा नगरपालिका–८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ परेका छन्।प्रहरीले बुधबार दिउँसो भारत बिहार मोतिहारी...
नक्कली नेपाली नाेटसहित दुई भारतीय पक्राउ

रौतहट, पुस १ : रौतहटको परोहा नगरपालिका–८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ परेका छन्।

प्रहरीले बुधबार दिउँसो भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय विकास जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसादलाई नियन्त्रणमा लिएको हो।

Hardik ivf

बीआर०५के ३६३६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ६९ थान र ५ सय दरको १ थान गरी उक्त नक्कली रुपैयाँसहित फेला पारी मोटरसाइकल चालक विकास र मोटरसाइकलमा सवार अजयलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: १५:२८ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्