Kathmandu Press

शान्ति सेनाका लागि २१५ नेपाली सैनिक लागे लेबनान

काठमाडौं, पुस १ : शान्ति स्थापनार्थका संयुक्त राष्‍ट्रसंघको आह्वानमा लामो समयदेखि नेपाली सेनाले द्वन्द्वग्रस्त मुलुकमा योगदान पुर्‍याउँदै आइरहेको छ। यसैबीच शान्ति सेनाका लागि २ सय...
शान्ति सेनाका लागि २१५ नेपाली सैनिक लागे लेबनान

काठमाडौं, पुस १ : शान्ति स्थापनार्थका संयुक्त राष्‍ट्रसंघको आह्वानमा लामो समयदेखि नेपाली सेनाले द्वन्द्वग्रस्त मुलुकमा योगदान पुर्‍याउँदै आइरहेको छ। 

यसैबीच शान्ति सेनाका लागि २ सय १५ जना नेपाली सैनिक बुधबार लेबनानतर्फ गएका छन्। श्री गोरख बक्स गणको ६३औं डफ्फाको पहिलो उडानमार्फत प्रमुख सेनानी विकास केसीको नेतृत्वमा उनीहरू लेबनान गएका हुन्।

उनीहरू पुगेसँगै श्री बर्दबहादुर गणका ६२औं डफ्फाका नेपाली सैनिक फर्कनेछन्। नेपाली सेनाले दिएको जानकारीअनुसार कोभिड–१९ को महामारीमा पनि शान्ति स्थापनाका लागि नेपाली सैनिक निरन्तर खटिइरहेका छन्।

प्रकाशित मिति: १४:५५ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्