Kathmandu Press

आजदेखि आइटीसम्बन्धी शैक्षिक मेला, ३० कलेज सहभागी

काठमाडाैं, पुस १ : ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ आजदेखि  व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला सुरु भएको छ।  युनिभर्सल थट कन्सल्टको आयोजनामा...
आजदेखि आइटीसम्बन्धी शैक्षिक मेला, ३० कलेज सहभागी

काठमाडाैं, पुस १ : ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ आजदेखि  व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला सुरु भएको छ।  

युनिभर्सल थट कन्सल्टको आयोजनामा आज र भोलि मेला सञ्चालन हुनेछ। मेलामा तीस कलेज सहभागी भएका छन् भने सहभागी कलेजले ५१ वटा कक्ष राखेका छन् । उक्त मेला प्लस २ सकेर बसेका विद्यार्थीका लागि लक्षित गरेर आयोजना गरिएको आयोजक संस्थाका निर्देशक प्रकाश ढकालले जानकारी दिए।

Hardik ivf

कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको उक्त मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, बिएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिईलगायतका शैक्षिक विषयमा मनोविमर्शसमेत दिइनेछ। 

यस वर्षको शैक्षिक मेलामा पोखरा विश्वविद्यालयको नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ, पूर्वाञ्चल विश्वविद्यालयका तीन, काठमाडौं विश्वविद्यालयका दुई, मध्यपश्चिममञ्चल विश्वविद्यालयका पाँचसहित अन्य केही सहभागी रहेका निर्देशक ढकालले जानकारी दिए। 

नेपालमै व्यवस्थापन तथा आइटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको बताइएको छ।

प्रकाशित मिति: १४:३० बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्