Kathmandu Press

सुरक्षा व्यवस्था बुझ्न ललितपुरका प्रजिअ कांग्रेस केन्द्रीय कार्यालयमा

सुरक्षा व्यवस्था बुझ्न ललितपुरका प्रजिअ कांग्रेस केन्द्रीय कार्यालयमा

ललितपुर, पुस १ : ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पार्टीको १४औं महाधिवेशनअन्तर्गत भएको मतदानमा अहिले महामन्त्री पदका उम्मेदवारहरूको मतगणना जारी छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय कांग्रेस केन्द्रीय कार्यालयवरिपरिको सुरक्षा व्यवस्था बुझ्न सानेपा पुगेका छन्।

बिहीबार अपराह्न प्रजिअ उपाध्यायसहितको टोली सानेपा पुगेको हो। 

प्रकाशित मिति: १४:०९ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्