पुस ४ देखि ७ सम्म मनकामना केबलकार बन्द हुने
काठमाडाैं, पुस १ : मनकामना केबलकार चार दिन बन्द हुने भएको छ। मर्मतसम्भार गर्न आगामी आइतबार (पुस ४) देखि चार दिनका लागि केबलकार सेवा...
काठमाडाैं, पुस १ : मनकामना केबलकार चार दिन बन्द हुने भएको छ। मर्मतसम्भार गर्न आगामी आइतबार (पुस ४) देखि चार दिनका लागि केबलकार सेवा बन्द गर्न लागेको मनकामना दर्शन प्रालिले जनाएकाे छ।
यो अवधिमा रेस्टुरेन्ट र बटम स्टेसनको सेवा भने जारी रहने जनाइएको छ। बुधबार (पुस ७) सम्म सेवा बन्द रहने केबलबार बिहीबार (पुस ८) देखि पुनः सेवा सुचारु जनाइएको छ।
केबलकार मर्मत गर्ने समय दुई दिन भए पनि परीक्षण गर्न थप दुई दिन लाग्ने भएकाले चार दिन सेवा बन्द गरिन लागेको जनाइएको छ।
प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












