आगो निभाउन खोज्दा जाजरकाेटमा एककाे मृत्यु
जाजरकोट, पुस १ : जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । हुरिकोटमा...
जाजरकोट, पुस १ : जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ ।
हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पु¥याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले बताए । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताए। लामाको गए राति मृत्यु भएको हो।
प्रकाशित मिति: १०:५७ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












