Kathmandu Press

कप्तान ज्ञानेन्द्र सहित चार क्रिक्रेटर कारबाहीमा

काठमाडौं, मंसिर २९ : नेपाल क्रिकेट संघ (क्यान)  ले गरेको खेलाडी वर्गीकरणमा सार्बजनिक असन्तुष्टी जनाएका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई क्यानले कारबाही गरेको...
कप्तान ज्ञानेन्द्र सहित चार क्रिक्रेटर कारबाहीमा

काठमाडौं, मंसिर २९ : नेपाल क्रिकेट संघ (क्यान)  ले गरेको खेलाडी वर्गीकरणमा सार्बजनिक असन्तुष्टी जनाएका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई क्यानले कारबाही गरेको छ ।

बुधबार कसेको क्यानको बोर्ड वैठकले कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, फास्ट बलरद्वय सोमपाल कामी र कमलसिंह ऐरीलाई कारवाही गरेको हो ।

क्यानले मल्ललाई कप्तानबाट हटाएको छ भने दीपेन्द्रलाई पनि उपकप्तानको जिम्मेवारीबाट हटाएको छ । यस्तै क्यानले कारवाहीमा परेका चार खेलाडीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्याकमा सुरुवाती ६ महिना नराख्ने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति: १९:२४ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्