Kathmandu Press

यी हुन् नेपालमा विक्री भइरहेका महङ्गा बाइक

काठमाडौं, भदौ १२ : युवा पुस्ताको रोजाइ परिरहेका महङ्गा मोटरसाइकल पनि नेपालमा धमाधम विक्री भइरहेका छन्।

नेपालमा विक्री भइरहेका महङ्गा बाइकलाई....

यी हुन् नेपालमा विक्री भइरहेका महङ्गा बाइक
एजेन्सी

काठमाडौं, भदौ १२ : युवा पुस्ताको रोजाइ परिरहेका महङ्गा मोटरसाइकल पनि नेपालमा धमाधम विक्री भइरहेका छन्।

नेपालमा विक्री भइरहेका महङ्गा बाइकलाई यति बेला नाडा अटो सो–२०१९ मा पनि राखिएको छ। नेपालमा गुडिरहेका केही महङ्गा बाइक यस्ता छन् :

बीएम डब्लू जी

Hardik ivf

बिमएम डब्लू जी मोलडका बाइक नौ लाख ५० हजारदेखि ११ लाखसम्मका छ।  यि बाइकलाई बिएम डब्लू मोटर्सले नेपाली बजारमा भित्र्याएको हो। ३१० सिसि इन्जिन क्षमता भएका यि बाइक रातो, कालो र सेतो रंगमा उपलब्ध छन्।

यि बाइक  प्रतिघण्टा १४३ किलोमिटरसम्म दौडिन सक्ने कम्पनीले जनाएको छ। १५८ केजी  रहेको यो बाइकको सिट हाइट ७८५ मिनिमिटर रहेको छ।

होन्डा सीभीआर

नाडा अटो सोे–२०१९ लाई लक्षित गरी होन्डाको होन्डा सीभीआर बजारमा आएको छ। होन्डाको यो सीभीआर मोटरसाईकलको मूल्य ३१ लाख ५० हजार रहेको छ। ६०० सिसि इन्जिन क्षमता रहेको होन्डा सीभीआरलाई प्राथमिकतासाथ प्रदर्शनीमा राखिएको कम्पनीले जनाएको छ।

जापानमा निर्मित यो मोटरसाइलको आधिकारिक विक्रेता स्याकर टे«डिङले नेपाल भित्र्याएको हो। यो मोटरसाइकल कालो, रातो, निलो र सेतो रंगमा उपलब्ध छ।

आप्पाचे आरआर

टीभीएस मोटरसाईकलले आप्पाचे आरआर ब्रान्डको नयाँ मोटरसाईकल प्रदर्शनीमा राखेको छ। यसको मूल्य सात लाख ७६ हजार रहेको छ। भारतमा निर्मित यो बाइक ३१० सिसि इन्जिन क्षमताको छ।

यो बाइकले प्रतिलिटर ३० किलोमिटरसम्म दौडिन सक्ने कम्पनीले जनाएको छ।  यो रातो र कालो रंगमा उपलब्ध छ।

सुजुकी इन्टुड्रर

नाडा अटो सोको अर्को आकर्षण सुजुकी इन्टुड्रर रहेको छ। यसको मूल्य तीन लाख २९ हजार नौ सय रहेको छ। भारतमा निर्मित यो बाइकलाई भिजी अटोमोबाइल्स प्रालिले नेपालमा भित्र्याएको हो।

१५४ सिसि ईन्जिन क्षमता भएको यो बाइक प्रतिलिटर ४४ किलोमिटरदेखि ४७ किलोमिटर प्रतिघण्टा दौडिन सक्ने कम्पनीले जनाएको छ। यो रातो र सेतो रंगमा उपलब्ध छ।

यामाहा वाईएफजेड

नाडा  अटो   सोमा अर्को महंगो मोटरसाइकल हो, वाईएफजेठ। यसको मूल्य नौ लाख २४ हजार नौ सय रहेको छ। ३२१ सिसि इन्जिन क्षमताको यसलाई मंवा ईन्टरप्राइजेजले नेपाल भित्र्याएको हो।

भारतमा निर्मित यो बाइक प्रतिघण्टा १८८ किलोमिटर दौडिन सक्ने कम्पनीले जनाएको छ।

जेन्टलमेन

जीपीएक्सको आधिकारिक विक्रेता आमेगा अटोमोबाइल्स कम्पनीले २०० सिसि इन्जिन क्षमता भएको जेन्टलमेन बाइक भित्र्याएको छ। थाइल्याण्डमा निर्मित यो बाइकको मूल्य पाँच लाख ८३ हजार रहेको छ।

एभेन्जर  क्रयूज

हंस राज हुलाचन्दले बिक्री गर्दै आएको बजाजको एभेन्जर बाइक नाडा अटो सोमा आकर्षण बनेको छ। २२० सिसि इन्जिन क्षमता रहेको यो बाइकको मूल्य तीन लाख ३९ हजार रहेको छ।

भारतमा निर्मित यो बाइक प्रतिघण्टा ४५ किलोमिटरसम्म दौडिन सक्ने कम्पनीको जनाएको छ।

कारिज्मा

हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले कारिज्मा जेडएमआरभी–२ ल्याएको छ। महङ्गा बाइकमध्ये पर्ने कारिज्माको मूल्य तीन लाख २३ हजार रहेको छ।

२२३ सिसि इन्जिन क्षमता भएको यो बाइक १२८ किलोमिटर प्रतिघण्टा कुद्न सक्ने कम्पनीले जनाएको छ।

एमभी अगस्टा

एमभी अगस्टा बाइकको आधिकारिक विक्रेता गियर भेञ्चर प्रालिले यसलाई नेपाल भित्र्याएको हो। यसको मूल्य ६१ लाख ९० हजार रुपैयाँ रहेको छ। इटालियन कम्पनी हार्ले डेभिडसनको यो बाइक उच्चतम प्रविधि र सुविधाका हिसाबले संसारभरी चर्चित छ।

९९८ सीसी क्षमता इन्जिन रहेको मोटरसाइकल इटालियन कम्पनी एमभी अगस्टाले उत्पादन गरेको चौथो पुस्ताको स्पोर्टी बाईक एफ–४ १००० मोडलको बाइक हो।

प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, भदौ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्