श्रीलंकामाथि नेपालको सानदार जित
काठमाडाैं, मंसिर २९ : बंगलादेशमा जारी यू-१९ महिला साफ च्याम्पियनसिपमा नेपालले सानदार जित निकलोको छ। प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा नेपालले श्रीलंकामाथि ६-०को...
काठमाडाैं, मंसिर २९ : बंगलादेशमा जारी यू-१९ महिला साफ च्याम्पियनसिपमा नेपालले सानदार जित निकलोको छ। प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा नेपालले श्रीलंकामाथि ६-०को जित निकालेको छ।
ढाकास्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपाललाई सानदार जित निकालेको क्रममा रश्मीकुमारी घिसिङले दुई गोल गरिन् भने सविता रानामगर, मेनुकाकुमारी आलेमगर, सलोनी रानामगर र रजनी थोकरले समान एक गोल गरे। श्रीलंकाविरुद्ध नेपालले दुवै हाफमा समान ३ गोल गरेको थियो।
खेलमा अधिकांश समय श्रीलंकामाथि दबाब बनाएको नेपालले पाँचौं मिनेटमै अग्रता लियो। नेपालका लागि रश्मीले गोल गरेकी थिइन्। त्यसको दुई मिनेटपछि नै नेपालले अग्रता दोब्बर बनायो। सातौं मिनेटमा सविताले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन्। ४३औं मिनेटमा मेनुकाले गोल गरेपछि पहिलो हाफमा ३–० को अग्रता लियो।
४८औं मिनेटमा सलोनीको पासमा रजनीले गोल गर्दै नेपाललाई ४–०को अवस्थामा ल्याइन्। ५३औं मिनेटमा सलोनीले गोल गरेपछि नेपालले फराकिलो जिततर्फ अग्रसर भयो। त्यसपछि ८५ औं मिनेटमा रश्मीले गोल गरेपछि ६–० ले विजयी भयो। प्रतियोगितामा नेपालको यो पहिलो जित हो।
पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग बराबरीमा रोकिएको थियो। २ खेलमा ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । तीनवटै खेलमा पराजित भएको श्रीलंका तालिकाको पुछारमा छ।











