Kathmandu Press

सिलवाललाई राखेपमा पुनर्बहाली गर्न सर्वोच्चको आदेश

काठमाडाैं, मंसिर २९ : सर्वोच्च अदालतले रमेश सिलावललाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएकोको छ। सरकारको निर्णयविरुद्ध सिलवाले दायर...
सिलवाललाई राखेपमा पुनर्बहाली गर्न सर्वोच्चको आदेश

काठमाडाैं, मंसिर २९ : सर्वोच्च अदालतले रमेश सिलावललाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएकोको छ। सरकारको निर्णयविरुद्ध सिलवालले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले उनलाई पुनर्बहाली गर्न आदेश दिएको हो।

सरकारले तत्कालिन सदस्य सचिव सिलवाललाई कात्तिक १ गते बखास्त गरेको थियो। सरकारले मंसिर १३ गते टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवमा नियुक्त गरेको थियो।

सर्वोच्चले सिलवालको पक्षमा फैसला गर्दै घिसिङलाई काम गर्न नदिन पनि आदेश दिएको छ। सिलवालले आफूलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 

सरकारले सिलवालसँगै ९ जना बोर्ड सदस्यलाई पनि पदमुक्त गरेको थियो। सोविरुद्ध उनीहरुले विशेष अदालत पाटनमा रिट निवेदन दिएका थिए । विशेष अदालतले सरकारको सो निर्णय कार्यान्वयन नगराउन आदेश दिइसकेको छ।

प्रकाशित मिति: १७:१४ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्