काठमाडौं उपत्यकामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, मंसिर २९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ८९, भक्तपुरमा ९ र ललितपुरमा २०...
काठमाडौं, मंसिर २९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ८९, भक्तपुरमा ९ र ललितपुरमा २० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,८६२ रहेको छ।
तीमध्ये काठमाडौंमा ७८६, भक्तपुरमा ४८६ र ललितपुरमा ५९० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:०३ बजे, बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












