Kathmandu Press

तमिलनाडुको हेलिकप्टर दुर्घटनामा बाँचेका वरुण सिंहको पनि मृत्यु 

काठमाडौं, मंसिर २९ : भारतको तमिलनाडुमा ८ डिसेम्बरमा भएको हेलिकप्टर दुर्घटनामा बाँचेका भारतीय सेनाका अधिकारी ग्रुप क्याप्टेन वरुण सिंहको पनि मृत्यु भएको छ।तमिलनाडुको...
तमिलनाडुको हेलिकप्टर दुर्घटनामा बाँचेका वरुण सिंहको पनि मृत्यु 

काठमाडौं, मंसिर २९ : भारतको तमिलनाडुमा ८ डिसेम्बरमा भएको हेलिकप्टर दुर्घटनामा बाँचेका भारतीय सेनाका अधिकारी ग्रुप क्याप्टेन वरुण सिंहको पनि मृत्यु भएको छ।

तमिलनाडुको कुन्नुरमा भएको हेलिकप्टर दुर्घटनामा परेका १४ जनामध्ये भारतीय चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको मृत्यु भएको थियो। 

गम्भीर घाइते भएका वरुण सिंहको उपचारका क्रममा आज ( बुधबार) उनको मृत्यु भएको भारतीय वायु सेनाले जानकारी दिएको छ। वायु सेनाले दिवंगत वरुणप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनलाई धैर्य गर्ने शक्ति मिलोस् भनी कामना गरेको छ।

प्रकाशित मिति: १४:२० बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्