लाेकसेवाद्वारा शाखा अधिकृत पदमा २८४ सिटका लागि दरखास्त आह्वान
काठमाडौं, मंसिर २९ : लोकसेवा आयोगले विभिन्न सरकारी निकायमा रिक्त शाखा अधिकृत पदमा २८४ सिटका लागि दरखास्त आह्वान गरेको छ।आयोगले आज (बुधबार) सामान्य प्रशासन,...
काठमाडौं, मंसिर २९ : लोकसेवा आयोगले विभिन्न सरकारी निकायमा रिक्त शाखा अधिकृत पदमा २८४ सिटका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले आज (बुधबार) सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठता गरी त्यति सिटका लागि विज्ञापन खुलाएको हो।
दरखास्त बुझाउने मिति पुस २० गते तोकिएको छ। दोब्बर दस्तुर तिरेर पुस २८ गतेसम्म पनि दरखास्त बुझाउन सकिनेछ। दरखास्त दस्तुर १ हजार रुपैयाँ र समूहका लागि प्रत्येक समूहका लागि थप ४०० रुपैयाँ लाग्ने सूचनामा जनाइएको छ।
प्रकाशित मिति: १३:४४ बजे, बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












