Kathmandu Press

कांग्रेसले सुरु गर्‍याे महाधिवेशनस्थल भृकुटीमण्डप वरपर सफाइ

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल भृकुटीमण्डपमा जम्मा भएको फोहर सफाइ गर्ने अभियान सुरु गरिएको छ। पार्टीको १४औँ महाधिवेशन केन्द्रीय प्रचारप्रसार समितिले सफाइ...
कांग्रेसले सुरु गर्‍याे महाधिवेशनस्थल भृकुटीमण्डप वरपर सफाइ

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल भृकुटीमण्डपमा जम्मा भएको फोहर सफाइ गर्ने अभियान सुरु गरिएको छ। पार्टीको १४औँ महाधिवेशन केन्द्रीय प्रचारप्रसार समितिले सफाइ अभियान सुरु गरेको हो।

महाधिवेशनस्थलमा जम्मा भएको उम्मेदवारका प्रचारप्रसार सामग्रीले भृकुटीमण्डप एवं राष्ट्रियसभा गृह अघिको सडक क्षेत्र प्रदूषित बनेको थियो। महाधिवेशनको प्रचारप्रसारका लागि टाँगिएका तुल, ब्यानरलगायत सामग्री पनि हटाउन थालिएको छ।

Hardik ivf

महाधिवेशनका क्रममा प्रयोग भएका सामग्रीले शहरको सुन्दरतामा प्रभाव पार्ने भएपछि सफाइ अभियान सुरु गरिएको समितिका सदस्य सचिव दीनेश थापामगरले जानकारी दिए।

यसैगरी उपत्यकाका अन्य स्थानमा राखिएका प्रचारप्रसार सामग्रीसमेत हटाइने उनले बताए। समितिमार्फत उपत्यका विभिन्न स्थानमा निर्माण गरिएका मूल ढोकालगायत प्रचारप्रसारका तुल, ब्यानर पनि हटाइने जनाइएको छ।

यसअघि सरसफाइ भोलि (बिहीबार) बिहान मात्र कांग्रेस नेता विश्वप्रकाश शर्माको उपस्थितिमा सरसफाइ गरिने जनाइएको थियाे।

 

प्रकाशित मिति: १३:३८ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्