Kathmandu Press

कोरोनाले राेकिएकाे बससेवा दिल्ली-काठमाडौं बससेवा आजबाट पुनः सञ्चालनमा 

काठमाडौं, मंसिर २९  ः दिल्ली-काठमाडौं बससेवा आज (बुधबार) देखि सुरु भएको छ। कोरोनाका कारण सो बससेवा डेढ वर्षभन्दा बढी समयदेखि बन्द थियो। नयाँ दिल्लीस्थित दिल्ली...
कोरोनाले राेकिएकाे बससेवा दिल्ली-काठमाडौं बससेवा आजबाट पुनः सञ्चालनमा 

काठमाडौं, मंसिर २९  ः दिल्ली-काठमाडौं बससेवा आज (बुधबार) देखि सुरु भएको छ। कोरोनाका कारण सो बससेवा डेढ वर्षभन्दा बढी समयदेखि बन्द थियो। 

नयाँ दिल्लीस्थित दिल्ली गेटको अम्बेडकर स्टेडियम टर्मिनलदेखि केही बस यात्रु लिएर काठमाडौंका लागि छुटेका छन्।

कोरोनाबाट बच्न अपनाउनुपर्ने सुरक्षा मापदण्डको पूर्ण पालना गरेर बसे सेवा सुरु गरिएको जनाइएको छ।

दिल्ली यातायात निगम (डिटिसी) ले सोमबार सूचना जारी गरेर दिल्ली–काठमाडौं बस अम्बेडकर बस टर्मिनलबाट डिसेम्बर १५ मा बिहान १० बजेबाट सञ्चालन हुने जनाएको थियो।

यात्रुहरूले ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट वा दुवै डोज खोप लिएको प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने जनाइएको छ। 

डिटिसीका अनुसार सोमबार, बुधबार र शुक्रबार दिल्लीबाट काठमाडौंका लागि र मंगलबार, बिहीबार र शुक्रबार काठमाडौंबाट दिल्लीका लागि बस छुट्नेछ।

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्