गुगल सर्चको प्रभावकारी प्रयोग गर्ने केही तरिका
इन्टरनेटको संसारमा गुगल नै सबैभन्दा लोकप्रिय पोर्टल हो। यसमा कुनै शङ्का छैन।
जे खोज्नुहुन्छ, तरकारीको मुल्यदेखि इरानको खबरसम्म, गुगलले पहिलो पटकमै सजिलै नतिज....
इन्टरनेटको संसारमा गुगल नै सबैभन्दा लोकप्रिय पोर्टल हो। यसमा कुनै शङ्का छैन।
जे खोज्नुहुन्छ, तरकारीको मुल्यदेखि इरानको खबरसम्म, गुगलले पहिलो पटकमै सजिलै नतिजा देखाउँछ। तर अलि गहन विषयवस्तु खोज्नुपरे अलिक बढी नै मेहनत गर्नुपर्छ। गुगल गर्ने सजिलो तरिका थाहा पाउनुभएको छ?
वाक्यांश विशेष पत्ता लगाउन कोटेसन मार्क प्रयोग गर्ने
केही शब्द खोज्नु एउटा कुरा। तर विशिष्ट जानकारी खोज्नलाई यो तरिका काम लाग्छ। कुनै वाक्यांशको क्रमानुसार नै नतिजा चाहिएको भए खोज्नुपर्ने शब्दहरूलाई उद्धरण चिन्हभित्र राखेर गुगल गर्नुपर्छ। यसमा “क्यापिटलाइजेसन” ले फरक पार्दैन। कुनै पृष्ठमा आफूले खोजेको शब्द नभेटिए “कन्ट्रोल+एफ” वा “कमान्ड+एफ” थिचेर खोज्न सकिन्छ।
यदि तपाईं पृष्ठ विशेष खोजिरहनु भएको छ तर त्यहाँ प्रयोग भएका शब्द ठ्याक्कै थाहा नभए, उद्धरण चिन्हभित्र “एस्टेगरिस्क”लाई शब्दको सङ्केतको रूपमा प्रयोग गर्न सकिन्छ। उदाहरणका लागि टेलर स्वीफ्टको “१९८९” को लोकप्रिय गीतको नाम बिर्सिएको भए¬ टेलर स्विफ्ट “*इट अफ” लेखेर गुगल गर्दा “शेक इट अफ” को गीत भेटिन्छ।
माइनल चिन्हले शब्द हटाउन सकिन्छ
आफूले खोजेको कुरा नभेट्दा पट्यार लाग्छ। विशेषगरी हिज्जे र उच्चारण पनि एउटै भएका तर भिन्न अर्थ भएका शब्द खोज्दा यस्तो समस्या हुनसक्छ।
उदाहरणका लागि विवाहमा सांगीतिक प्रस्तुति दिने “ब्यान्ड” खोजिरहनु भएको छ “वेडिङ ब्यान्ड” भनेर खोज्दा थुप्रै नतिजा आउनसक्छ। तर धेरैजसो विवाहको औंठी देखाउँछ। त्यसलाई पनि “ब्यान्ड” भन्ने चलन छ तर तिनीहरू विवाह समारोहमा सांगीतिक कार्यक्रम गर्ने समूह होइनन्।
अब “वेडिङ ब्यान्ड ज्वेलरी” वा “वेडिङ ब्यान्ड ज्वेलर” लेखेर गुगल गरे देशभरि विवाह समारोहमा सांगीतिक प्रस्तुति दिने समूह देखा पर्नेछ।
खोजीलाई निश्चित समयावधिभित्र सीमित राख्नुहोस्
“सर्च रिजल्ट” मा देखिने नतिजाहरू पुराना विषयवस्तु पनि हुन्छन्। पछिल्लो परिवर्तन अनुसार अद्यावधिक नभएको हुनसक्छ। यस्तो समस्या भए गुगलको “सर्च बार” मुनि “टुल्स बटन” थिचेर मिति सीमित गर्न सकिन्छ। त्यहाँ “एनि टाइम” भन्ने “ड्रप डाउन” थिचेर आफूले चाहेको समयको नतिजा खोज्न सकिन्छ।
“साइट” अपरेटरबाट आफ्नो प्रिय साइट खोज्नुहोस्
आफूले केही अघि बढेको लेख खोज्दै हुनुहुन्छ तर भेटिरहनु भएको छैन वा कुनै विषयवस्तुबारे तपाईंको सबैभन्दा विश्वासिलो साइटले के भन्छ भनेर हेर्न चाहनुहुन्छ भने, “साइट” अपरेटर प्रयोग गरेर प्रकाशन विशेषभित्र मात्रै खोज सीमित राख्न सकिन्छ।
मानौं इरानको आणविक सम्झौताबारे पढ्न मन लाग्यो तर “न्यूयोर्क टाइम्स”को लेख मात्रै हेर्न चाहनुहुन्छ भने ताजा समाचारका लिग “युएस इरान डिल” भनेर गुगल गर्नुको साटो, “साइट: एनवाइटाइम्स डटकम इरान डिल” भनेर खोज्दा न्यूयोर्क टाइम्सबाट प्रकाशित सामग्री मात्रै हेर्न पाइन्छ। अन्य प्रकाशन गृहबाहेक न्यूयोर्क टाइम्सले बितेका साता वा महिनामा उक्त विषयमा प्रकाशन गरेका सामग्री सबै हेर्न सकिन्छ।
रिभर्स इमेज सर्च गरेर फोटोको स्रोत पत्ता लगाउनुहोस्
सबै “सर्च” मा शब्द मात्रै प्रयोग हुँदैनन्। कुनै फोटो कहाँबाट आएको थाहा पाउनुपर्ने हुनसक्छ नभए त्यसको ठूलो “भर्सन” चाहिएको हुनसक्छ।
गुगलको “इमेज सर्च” मा केही शब्द टाइप गरेर फोटो खोज्न त जान्नुभएको होला तर अर्को तरिकाबारे थाहा नहुनसक्छ। एउटा फोटोलाई “इमेज सर्च” मा ड्रयाग गर्नुहोस् र गुगलले त्यो फोटोको अन्य संस्करण पनि खोजिदिन्छ।
यस्तो फिचर गुगलमा मात्रै छैन। कुनै तस्वीर पहिलो पटक कहाँ देखिएको थियो भन्ने पत्ता लगाउन चाहनुहुन्छ भने “टिनआइ” राम्रो टुल हुनसक्छ। इबेको आइफोन र एन्ड्रोइड एपले पनि तस्वीरबाट खोजी गर्ने सुविधा दिएको छ। यसले सधैं काम गर्छ भन्ने छैन तर परेको बेला केही राहत भने दिनसक्छ।