Kathmandu Press

मोटरसाइकल दुर्घटनामा परी हेटौंडामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा परी हेटौंडामा एकको मृत्यु, एक घाइते

हेटौंडा, मंसिर २९ : मोटरसाइकल दुर्घटनामा परी हेटौंडामा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। 

आज (बुधबार) बिहान हेटौँडा उपमहानगरपालिका–१९ दारिमटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

दुर्घटनामा मोटरसाइकलमा सवार बागलुङका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएको र उनको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। 

उनका अनुसार बुधबार बिहान इँटा बोकेर हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको  प्रदेश ३ ००१ ख १८४९ नम्बरको टिपर र हेटौंडातर्फ आउँदै गरेको ना४९प ८२५२ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १२:४० बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्