Kathmandu Press

बचतकर्ताको निक्षेपमाथि खेलवाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

काठमाडौं, भदौ ११ : अर्थमन्त्री डा. युवराज खतिवडाले बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय वाणिज्य बैंकलाई चेतावनी दिएका छन्।

बुधबा....

बचतकर्ताको निक्षेपमाथि खेलवाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

काठमाडौं, भदौ ११ : अर्थमन्त्री डा. युवराज खतिवडाले बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय वाणिज्य बैंकलाई चेतावनी दिएका छन्।

बुधबार राष्ट्रिय वाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचतकर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न आग्रह गरेका हुन्।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय वाणिज्य बैंकको आधारदर सबै वाणिज्य बैंकको तुलनामा कम रहेको भन्दै यसलाई निक्षेपकर्ता माथिको खेलबाड भएको बताएका हुन्। बैंकहरुमा आउने तरलताको संकट पनि बचतकर्ताको निक्षेपमाथिको अन्यायले गर्दा आउने भएकाले आधार दर बढाएर न्याय गर्न निर्देशन दिए।

अर्थमन्त्री खतिवडाले बैंकिङ कार्यक्रमहरु सञ्चालन गर्दा समय समयमा मध्यकालीन योजना ल्याएर परिमार्जन गर्न सुझाव दिए।  बैंक स्वायत्त संस्था भए पनि जिम्मेवारी र जवाफदेही बन्न पनि उनको आग्रह छ। बैंकले गर्ने काम कारबाहीबारे संसदमा प्रश्न उठ्दा अर्थमन्त्रीले  जवाफ दिनु पर्ने भन्दै राष्ट्रिय वाणिज्य बैंकले आफ्नो स्वयत्ततालाई जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले प्रदेश १ मा २,  प्रदेश २ मा ५, प्रदेश ३ मा २, गण्डकी प्रदेशमा ४  र प्रदेश ५ मा एक वटा  राष्ट्रिय वाणिज्य बैंकका  शाखाहरुको उद्घाटन गरेका थिए। शाखा विस्तारसँगै राष्ट्रिय वाणिज्य बैंक मुलुकका सबै ७७ जिल्लामा पुग्ने पहिलो बैंक बनेको छ। थपिएका शाखासहित बैंकको कुल शाखा संख्या २३६ पुगेको छ।
 

प्रकाशित मिति: १९:४६ बजे, बुधबार, भदौ ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्