Kathmandu Press

जनसांस्कृतिक महासंघको सातौं राष्ट्रिय सम्मेलन बिहीबारदेखि

काठमाडौं, मंसिर २९ : जनसांस्कृतिक महासंघ नेपालको सातौं राष्ट्रिय सम्मेलन बिहीबारदेखि यहाँ हुँदैछ।२०३८ मा स्थापित संगठनको सम्मेलन पुस १ र २ गते हुनेछ। श्रमजीवी...
जनसांस्कृतिक महासंघको सातौं राष्ट्रिय सम्मेलन बिहीबारदेखि

काठमाडौं, मंसिर २९ : जनसांस्कृतिक महासंघ नेपालको सातौं राष्ट्रिय सम्मेलन बिहीबारदेखि यहाँ हुँदैछ।

२०३८ मा स्थापित संगठनको सम्मेलन पुस १ र २ गते हुनेछ। श्रमजीवी एवं शोषित, उत्पीडित जनताले निर्माण गरेका असल संस्कृतिको संरक्षण, विकृत संस्कृतिको उन्मूलन र अग्रगामी संस्कृतिको सिर्जना र विकास गर्ने लक्ष्य राखेर सम्मेलन गर्न लागिएको आयोजक समितिका संयोजक सरल सहयात्रीले बताए। सहयात्रीले नेपालका प्रगतिवादी÷प्रगतिशील सांस्कृतिक आन्दोलन, दशवर्षे जनयुद्ध र विभिन्न जनआन्दोलनमार्फत निर्देशित परिवर्तनको मार्गलाई आत्मसात् गरेर संगठन अघि बढिरहेको जानकारी उनले दिए। 

Hardik ivf

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दलभित्र र बाहिर देखापरेका विचलन, विकृति र विसंगति, गलत चिन्तन र प्रवृत्तिलाई परास्त गर्न कला, साहित्य र संस्कृतिका क्षेत्रबाट वैज्ञानिक एवं गतिशील संगठनात्मक संरचना निर्माण गरी अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समाजवादी यथार्थवादी सांस्कृतिक मूल्य स्थापित गर्न महास.घले पहलकदमी लिने बताए।

उनका अनुसार परम्परागत जनसंस्कृति, मूर्त तथा अमूर्त सम्पदा, प्रदर्शनकारी कला, फोटोग्राफी, भिडियो ग्राफी, फेसन डिजाइन, संगीत, नाटक, चलचित्र, हस्तकला, लोककला, वाद्ययन्त्र आदिको अध्ययन, अनुसन्धान, संरक्षण र संवर्धन र प्रवर्धनका लागि आवश्यक अध्ययन, अनुसन्धान, संरक्षण, संवर्धन र  विकास गर्ने तथा सोका लागि केन्द्रीय, प्रदेश र स्थानीयस्तरको प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरिनेछ। 

प्रकाशित मिति: ११:५२ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्