Kathmandu Press

मेची राजमार्गमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं, मंसिर २८ : मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ...
मेची राजमार्गमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं, मंसिर २८ : मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा नौ जना घाइते भएका थिए ।

Hardik ivf

घाइतेमध्ये दुईको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा भएको दुर्घटनामा परी माइजोगमाई–३ का भरत घिमिरे र सोही गाउँपालिका–४ का रामप्रसाद तिमिल्सेनाको मृत्यु भएको बिएण्डसी अस्पताल झापाका सूचना अधिकारी प्रनिश गिरीले राससलाई जानकारी दिए ।

चालकलाई सामान्य चोट लागेको छ । अन्य घाइतेको नामथर खुलेको छैन । अन्यको उपचार भइरहेको छ ।

प्रकाशित मिति: १८:४७ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्