ऊर्जाको प्रत्याभूत गराउनु राज्यको दायित्व हो : मन्त्री भुसाल
काठमाडौँ, मंसिर २८ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जामा आम जनताको पहुँच सुनिश्चित हुनु नागरिको अधिकार र ऊर्जाको प्रत्याभूत गर्नु राज्यको दायित्व...
काठमाडौँ, मंसिर २८ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जामा आम जनताको पहुँच सुनिश्चित हुनु नागरिको अधिकार र ऊर्जाको प्रत्याभूत गर्नु राज्यको दायित्व भएको स्पष्ट पारेकी छन्।
राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालद्वारा आयोजित ‘नेपालमा लघुजलविद्युत् परियोजनाहको दिगो सञ्चालन’सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै उनले नेपालको विद्युत् विकासमा रहेको जनसहभागिता विश्वमै उदाहरणीय रहेको उल्लेख गरिन्।
उनले समुदायस्तरमा निर्माण गरिएका साना तथा लघुजलविद्युत् आयोजनाहरुको दिगो सञ्चालनका लागि तिनलाई केन्द्रीय प्रशारण लाइनमा आवद्ध गराउनुपर्ने र यसले समुदाय वा निजी क्षेत्रका लगानीकर्ताको आर्थिक स्तरमा वृद्धि ल्याउने हुँदा त्यसतर्फ लाग्न आग्रह गरे। उनले भनिन्, ‘हिजोको दिनमा बत्ती बाल्नु नै मुख्य आवश्यकता थियो विद्युत्को खपत बढाउनुपर्ने आवश्यकता छ।’
मन्त्री भुसालले अब सम्भव भएसम्म देशका सबै स्थानमा केन्द्रीय प्रशारण पु¥याउने तथा तत्काल सम्भव नभएको अवस्थामा सौर्य ऊर्जा तथा लघुजलविद्युत्जस्ता वैकल्पिक ऊर्जा प्रविधिमार्फत जनताको स्वच्छ ऊर्जाको अधिकारको सुनिश्चित गर्ने गरी सरकार अघि बढेको बताइन् । नेपालका मित्र राष्ट्रहरुले सडक आयोजना निर्माणमा सहयोग गरेसँगै विद्युत् विकासमा पनि सहयोग गरेको प्रसङ्ग उल्लेख गर्दै उनले हिजो साना आयोजनाहरुले सीमित वर्गलाई मात्रै लाभ पुगेकामा आज ठूला आयोजनाहरु निर्माणसँगै आम जनतासम्म विद्युत्को पहुँच विस्तार गर्न सम्भव भएको बताइन्।












