Kathmandu Press

सदन चलाउन प्रमुख प्रतिपक्षसँग संवाद गरिनेछ : कानुनमन्त्री बडू

काठमाडौँ, मंसिर २८ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सदनमा विरोध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सँग वार्ता र संवादका लागि...
सदन चलाउन प्रमुख प्रतिपक्षसँग संवाद गरिनेछ : कानुनमन्त्री बडू
Hardik ivf

काठमाडौँ, मंसिर २८ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सदनमा विरोध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सँग वार्ता र संवादका लागि सरकार तत्पर रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै मन्त्री बडूले नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको र नेपाली कांग्रेसको महाधिवेशन जारी रहेकाले दलहरुको महाधिवेशन सकिएपछि आपसमा बसेर सहमतिको वातावरण निर्माण गरिने बताएका हुन्।

उनले आजको बैठकमा पनि अध्यादेश पेशबाहेक अन्य कार्यसूची अघि नबढाइएकाले निजामति कर्मचारी विधेयकजस्ता महत्वपूर्ण विधेयकमा छलफल गर्नुपर्ने कार्यसूची ल्याउन सदनको अवरोध हटाइ प्रतिपक्षसँग उचित वातारण निर्माण गरिने उल्लेख गरे। 

प्रकाशित मिति: १७:१६ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्