Kathmandu Press

सरकार अप्रजातान्त्रिक बाटोमा : देउवा

पोखरा माघ १८ : कांग्रेस सभापति शेरवहादुर देउवाले सरकार अप्रजातान्त्रिक वाटोमा हिडेको आरोप लगाएका छन् । 

कास्की कांग्रेसले पोखरामा ....

सरकार अप्रजातान्त्रिक बाटोमा : देउवा
भानु पराजुली

पोखरा माघ १८ : कांग्रेस सभापति शेरवहादुर देउवाले सरकार अप्रजातान्त्रिक वाटोमा हिडेको आरोप लगाएका छन् । 

कास्की कांग्रेसले पोखरामा आयोजना गरेको प्रजातन्त्रका सेनानी केशवराज रेग्मीको श्रद्धान्जलीसभा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले सरकार संसदीय मूल्य र मान्यता विपरित हिडेको बताएका हुन् । ‘डा.गोविन्द केसीसँग सम्झौता गरि संसदको सम्पत्ति भईसकेको चिकित्सा शिक्षा विधेयक दुई तिहाईको बलमा जसरी संसदवाट पास गरियो, संसदीय राजनीतिमा यो कार्य सर्वथा गलत संस्कार र अप्रजातान्त्रिक हो’ देउवाले भने । 

देउवाले नेपाली कांग्रेसले प्रजातान्त्रिक मूल्य र मान्यताका खिलापमा कुनैपनि शक्तीसंग सम्झौता नगर्ने पनि स्पष्ट पारे । सरकार वहुमतको दम्भ सहित अधिनायकवादी चरित्रमा अघि वढेको भन्दै सभापति देउवाले भने, ‘प्रजातन्त्र विरोधी कार्यको विरुद्धमा कांग्रेस चुप लागेर वस्दैन, अव सडक देखि संसदसम्मै वर्तमान सरकारका ज्यादती विरुद्ध कांग्रेस लड्छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी, कांग्रेस नेताहरु राजेन्द्रनीधि कोईराला, टंकमान नापित, शुक्रराज शर्मा लगायतले स्वर्गिय कांग्रेस नेता प्रजातन्त्री सेनानी केशवराज रेग्मीको जीवन यात्राका वारेमा वोलेका थिए । 
     

प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, माघ १८, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्