Kathmandu Press

च्याम्पियन्स लिगको तालिका फेरबदल, अब पीएसजीसँग रियल भिड्ने 

काठमाडौं, मंसिर २७ : प्राविधिक समस्या भन्दै पुनः गरिएको च्याम्पियन्स लिगको अन्तिम १६ को ड्रमा १३ पटकको विजेता रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेनको...
च्याम्पियन्स लिगको तालिका फेरबदल, अब पीएसजीसँग रियल भिड्ने 

काठमाडौं, मंसिर २७ : प्राविधिक समस्या भन्दै पुनः गरिएको च्याम्पियन्स लिगको अन्तिम १६ को ड्रमा १३ पटकको विजेता रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेनको सामना गर्ने भएको छ । यसअघि पीएसजीले म्यानचेस्टर युनाइटेडसँग सामना गर्नुपर्ने थियो ।

साबिक विजेता चेल्सीले फ्रेन्च च्याम्पियन लिलको सामना गर्नेछ भने प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले पोर्चुगलको स्पोर्टिङ लिजबनको सामना गर्नेछ । ६ पटकको विजेता लिभरपुलले तीनपटकको विजेता इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।

म्यान्चेस्टर युनाइटेडको भिडन्त स्पेनिस च्याम्पियन एथ्लेटिको म्याड्रिडसँग हुनेछ ।

तालिका

रेडबुल साल्जबर्गविरुद्ध बायर्न म्युनिख
स्पोर्टिङ लिजबनविरुद्ध म्यानचेस्टर सिटी
बेनफिकाविरुद्ध आयाक्स
एथ्लेटिको म्याड्रिडविरुद्ध म्यानचेस्टर युनाइटेड
भिल्लेरियालविरुद्ध युभेन्टस
इन्टर मिलानविरुद्ध लिभरपुल
पीएसजीविरुद्ध रियल म्याड्रिड

प्रकाशित मिति: २१:०५ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्