पर्यटन क्षेत्रमा सहकार्य गर्न चेम्वरसँग स्लोभानियाको प्रस्ताव
काठमाडौं, मंसिर २७ : युरोपेली मुलुक स्लोभानियाले नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न नेपाल चेम्वर अफ कमर्ससंग प्रस्ताव गरेको छ ।नेपाल चेम्बर अफ कमर्सका...काठमाडौं, मंसिर २७ : युरोपेली मुलुक स्लोभानियाले नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न नेपाल चेम्वर अफ कमर्ससंग प्रस्ताव गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसंग आईतबार भएको भेटबार्ताका क्रममा नेपाल समेत हेर्ने गरि भारतका लागि स्लोभानियाकी राजदुत मोटेजा भोदेव घोसले पर्यटन क्षेत्रमा सहकार्यको प्रस्ताव गरेकी हुन् । यसका लागि पहिलो चरणमा दुई मुलुकको व्यवसाययिक उच्चस्तरीय भेटवार्ता गराउन आफुले पहल गर्ने राजदुत घोसले बताईन् ।
नेपाल भ्रमणमा रहेकी राजदुत घोषले चेम्वर पदाधिकारीसंग भेट गर्दै पर्यटनमा सहकार्य, शैक्षिक आदान प्रदान, पूर्वाधार र ऊर्जामा लगानीका लागि सहकार्य गर्न सकिने बताईन् । नेपाल स्लोभानियावीच व्यवसायिक सहकार्य गरेर लगानीका लागि सम्भावित क्षेत्रहरुको पहिचान गर्नुपर्ने उनको भनाइ थियो ।
भेटवार्ताका क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा घुम्नका लागि राजदुत घोसमार्फत स्लोभानियाका नागरिकलाई आग्रह गरेका थिए । नेपालमा हिमालयको देश भन्दै अध्यक्ष मल्लले पर्यटकीय गतिविधिका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेको अध्यक्ष मल्लको भनाई छ ।
नेपाल र स्लोभानियाबीच १९९७ को डिसम्वेरमा कुटनीतिक सम्वन्ध स्थिापित भएको थियो ।












