Kathmandu Press

चितवनमा गैंडा मृत फेला

चितवन, मंसिर २७ : चितवनमा भाले गैंडा मृत फेला परेको छ। भरतपुर महानगरपालिका–१६ मा करिब १६ वर्षको भाले गैँडा मृत भेटिएको  डिभिजन वन कार्यालय...
चितवनमा गैंडा मृत फेला
फाइल तस्बिर
Hardik ivf

चितवन, मंसिर २७ : चितवनमा भाले गैंडा मृत फेला परेको छ। भरतपुर महानगरपालिका–१६ मा करिब १६ वर्षको भाले गैँडा मृत भेटिएको  डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए।

सिद्धिगणेश सामुदायिक वनबाट करिब ५०० मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जानेबाटो छेउको जैघाँस भएको खेतमा गैंडा मृत फेला परेको हो। प्राविधिकको टोलीबाट शव परीक्षण भएको छ। उनले भने, ‘मारिएको हो या कालगतीले मरेको भनेर रिपोर्टपछि मात्रै थाहा हुन्छ।’ डिभिजन वन, चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)  का प्राविधिक टोलीले मृत गैडाको व्यवस्थापन गरेको छ।

गैंडाको खाग र खुरसहित सबै अंग सुरक्षित छ। मृत गैंडाको शरीरमा कुनै चोट पनि देखिएको छैन। गैंडाको सिंग र खुर डिभिजन वनको झनझने पोस्टमा सुरक्षित राखिएको छ।

प्रकाशित मिति: १८:४९ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्