Kathmandu Press

कुमारीपाटीमा बाजेको सेकुवाको १२ औं शाखा सञ्चालनमा 

काठमाडौं, भदौ ११ : लोकप्रिय रेस्टुरेन्ट सञ्जाल बाजेको सेकुवाको १२ औं शाखा ललितपुरको कुमारीपाटीमा सञ्चालनमा आएको छ। कुमारीपाटी शाखा बुधबारबाट सञ्च....

कुमारीपाटीमा बाजेको सेकुवाको १२ औं शाखा सञ्चालनमा 

काठमाडौं, भदौ ११ : लोकप्रिय रेस्टुरेन्ट सञ्जाल बाजेको सेकुवाको १२ औं शाखा ललितपुरको कुमारीपाटीमा सञ्चालनमा आएको छ। कुमारीपाटी शाखा बुधबारबाट सञ्चालनमा आएको हो।

बाजेको सेकुवाका अप्रेसन प्रमुख सञ्जिव तिमल्सिनाका अनुसार बाजेको भेन्चर प्रालिले फ्रान्चाइज मोडलमा विस्तार अनुसार कुमारीपाटीमा नयाँ शाखा सञ्चालनमा ल्याइएको बताए। 

शाखामा प्रकाशचन्द्र श्रेष्ठ, रोजित श्रेष्ठ, गोपाल तामाङ र माइतवर गुरुङको संयुक्त लगानी रहेको छ। रेस्टुरेन्ट सञ्चालन गर्न ५० देखि ८० लाख रुपैयाँ प्रारम्भिक लगानी आवश्यक पर्छ। नयाँ शाखामा कम्तिमा पनि २० जनाले रोजगारी पाएका छन्।

यसअघि काठमाडौं उपत्यकासँगै पोखरा, भरतपुर, र बुटवलमा फ्रान्चाइज मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ। अमेरिकाको न्यूयोर्कमा पनि बाजेको सेकुवा हिमालयन ग्रिल भनेर सञ्चालनमा छ। 

अमेरिकाकै डालासका लागि पनि सम्झौता अन्तिम चरणमा पुगेको र अष्टे«लिया, बेलायतमा पनि आगामी दिनमा विस्तार गर्ने योजना रहेको बाजेको सेकुवाका अप्रेशन प्रमुख तिमल्सिनाले बताए। नेपालमा थप जनकपुर, नेपालगञ्ज, वीरगन्ज, विराटनगर र चितवनको मुग्लिनमा तयारी भइरहेको जनाइएको छ। 

प्रान्चाइज मोडलको रेष्टुरेन्टमा बाजेको भेन्चर प्रालिको शर्त अनुसार तोकिएको फ्रञ्चाइज शुल्क र मासिक व्यापारको केही प्रतिशत रोयल्टी तिर्ने सहमतिमा बाजेको सेकुवा ब्राण्डको रेष्टुरेन्ट सञ्चालनका लागि स्वीकृति दिने गरेको छ।

काठमाडौंको सिंनामंगलबाट ४० वर्षअघि सुरु भएको बाजेको सेकुवा रेष्टरेन्ट अन्तर्गत उपत्यका बाहिर तीन वटा आउटलेटसहित ११ वटा रेष्टुरेन्ट सञ्चालनमा रहेका छन्। यीमध्ये अनामनगर, सोह्रखुट्टे, गैरीधारा र बत्तिसपुतलीमा सबै लागनी कम्पनीका प्रवद्र्धकको आफ्नै छ भने बाँकी फ्रान्चाइज हुन्। 
 

प्रकाशित मिति: १६:०५ बजे, बुधबार, भदौ ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्