च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक, पीएसजी युनाइटेडसँग भिड्ने
काठमाडौं, मंसिर २७ : च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । सोमवार सार्बजनिक भएको तालिका अनुसार रियल मड्रिडले बेन्फिकासँग...
काठमाडौं, मंसिर २७ : च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । सोमवार सार्बजनिक भएको तालिका अनुसार रियल मड्रिडले बेन्फिकासँग खेल्नेछ ।
यस्तै भिला रियलले म्यानचेस्टर सिटीसँग, बार्यन म्युनिखले एट्लेटिको मड्रिड र साल्जवर्गले लिभरपुलसँग खेल्नेछन् । यस्तै इन्टर मिलानले अजाक्ससँग, स्पोर्टिङले युभेन्ट्ससँग, चेल्सीले लिलसँग र पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले म्यानचेस्टर युनाइटेडसँग खेल्ने भएका छन् ।
पीएसजीमा रहेका लियोनल मेस्सी र युनाइटेडमा रहेका क्रिस्टियानो रोनाल्डो फेरि एक पटक आमनेसामने हुने भएपछि अन्तिम १६ का खेलमध्ये यो खेललाई निकै महत्त्वका साथ हेरिएको छ ।
आउँदो फेब्रुअरी १५ देखि च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेल सुरु हुनेछ ।

प्रकाशित मिति: १८:४२ बजे, सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











