Kathmandu Press

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुको मोबाइल एप सार्वजनिक

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुको मोबाइल एप सार्वजनिक

काठमाडौं, मंसिर २७ : नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मोबाइल एप सार्वजनिक गरेको छ।

आज (सोमबार) पार्टी अध्यक्ष माधवकुमार नेपालले थापाथली इन्जिनियरिङ क्याम्पसमा आयोजित एक कार्यक्रमबीच एपको उद्घाटन गरे। कार्यक्रममा अध्यक्ष नेपालले कलम कापी बोकेर गाउँगाउँ ठाउँठाउँ पुग्नुपर्ने र सदस्य खोज्नुपर्ने बाध्यताको अन्त्य भएको बताए।

अब सो विद्यार्थी संगठनसँग सम्बन्धित गतिविधि सो मोबाइल एपमार्फत जानकारी प्राप्त गर्न सकिने जनाइएको छ। अनेरास्ववियुको विधान, गीत, झन्डा, प्रचारप्रसार  सामाग्रीबारे जानकारी प्रापत गर्न सो मोबाइल एप उपयोगी हुनेछ।

सदस्यतासम्बन्धी कार्य पनि एपबाटै हुने बताइएको छ।

प्रकाशित मिति: १८:११ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्