Kathmandu Press

बेलायती प्रधानमन्त्री बोरिस जोनसनद्वारा ‘ओमिक्रोन आपतकाल’ घोषणा

काठमाडाैं, मंसिर २७ : ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्।बिबिसीका अनुसार जोनसनले टेलिभिजनमा सम्बोधन...
बेलायती प्रधानमन्त्री बोरिस जोनसनद्वारा ‘ओमिक्रोन आपतकाल’ घोषणा

काठमाडाैं, मंसिर २७ : ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्।

बिबिसीका अनुसार जोनसनले टेलिभिजनमा सम्बोधन गर्दै भनेका छन्, ‘नयाँ भेरियन्टविरुद्धको लडाइँमा हामीले एउटा आपतकाल सामना गरिरहेका छौं।’

ओमिक्रोन भेरियन्ट व्यापक रुपमा फैलिएपछि बेलायतमा कोभिड सतर्कता बढाएर चार तहमा पुर्‍याइएको थियो। त्यसको केही घण्टापछि नै जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका हुन्।

उनले यसै सातादेखि १८ माथिका सबैलाई बुस्टर डोज खोप लगाइने बताए। ओमिक्रोन फैलिन नदिन सेनाका ४२ टोली सबै क्षेत्रमा परिचालन गरिने पनि जोनसनले जानकारी दिए। बेलायतभरि थप खोप केन्द्र र घुम्ती सेवा स्थापना गरिने पनि उनको भनाइ थियो।

आइतबार बेलायतभर ओमिक्रोनका १ हजार २ सय ३९ नयाँ संक्रमित थपिएका छन्। सोमबारदेखि देशवासीलाई घरबाटै काम गर्न पनि आग्रह गरिएको छ। 

प्रकाशित मिति: १६:५५ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्