काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण
काठमाडौं, मंसिर २७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ११२, भक्तपुरमा २५ र ललितपुरमा ३५...
काठमाडौं, मंसिर २७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ११२, भक्तपुरमा २५ र ललितपुरमा ३५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएकोसहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,७८० रहेको छ।
तीमध्ये काठमाडौंमा ७०२, भक्तपुरमा ४८४ र ललितपुरमा ५९४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३२ बजे, सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












