Kathmandu Press

किरात राई यायोक्खा बेलायतकाे अध्यक्षमा मेजर योगेश राई

लन्डन, मंसिर २७ : किरात राई यायोक्खा बेलायतको आठौं महाधिवेशनले मेजर योगेश राईको अध्यक्षतामा २१ नयाँ कार्यसमिति गठन गरेको छ।लन्डनको साउथ ह्यारोस्थित सम्पन्न...
किरात राई यायोक्खा बेलायतकाे अध्यक्षमा मेजर योगेश राई

लन्डन, मंसिर २७ : किरात राई यायोक्खा बेलायतको आठौं महाधिवेशनले मेजर योगेश राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

लन्डनको साउथ ह्यारोस्थित सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेका हो। समितिको उपाध्यक्षहरुमा राजकुमार राई, प्रेमकुमार राई, आशा राई, शान्तकला राई र शंकर राई चुनिएका छन्।  महासचिवमा देवेन्द्र राई, उपमहासचिवमा ईश्वर चाम्लिङ र किसन राई निर्वाचित भएका छन्।

सचिवमा रोम मुकारुङ राई र उमिरा राई चयन हुँदा कोषाध्यक्षको जिम्मेवारी प्रसाद राईले पाएका छन्।  सहकोषाध्यक्षमा भने नीता राई तथा चन्द्र जयपाल राई निर्वाचितबने।

सदस्यहरुमा शान्ता  राई, पेन्डुलाल राई, शोभा राई, सुरेश राई, मनिकला राई, निर्मला मादेन राई र किसन राई चयन भएका छन्। महाधिवेशनमा प्रमुख अतिथि किरात राई यायोक्खा नेपालका अध्यक्ष दिवस राईले भर्चुअल माध्यमबाट शुभकामना दिएका थिए।

प्रकाशित मिति: १४:५७ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्