Kathmandu Press

हस्ताक्षरबिना विज्ञप्ति निकालिएपछि विश्व हिन्दु महासंघमा विवाद

काठमाडौं, मंसिर २७ विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिको लेटर प्याडमा हस्ताक्षरबिना विज्ञप्ति जारी गरिएको भन्दै विवाद सुरु भएको छ। महासंघ अन्तर्राष्ट्रिय समितिको महासभा...
हस्ताक्षरबिना विज्ञप्ति निकालिएपछि विश्व हिन्दु महासंघमा विवाद

काठमाडौं, मंसिर २७ विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिको लेटर प्याडमा हस्ताक्षरबिना विज्ञप्ति जारी गरिएको भन्दै विवाद सुरु भएको छ। महासंघ अन्तर्राष्ट्रिय समितिको महासभा बैठक मंसिर २४ र २५ गते आयोजना गरिएको थियो। 

समितिको विधानअनुसार महासभा बैठक संस्थाको सर्वोच्च निकाय हो। जसले आगामी कार्यकालका लागि नयाँ नेतृत्व छनोट गर्छ। निश्चित सदस्यलाई मात्र खबर गरी नयाँ नेतृत्व हत्याउने उद्देश्यले गुपचुप रूपमा महासभा बैठक गरिएको भन्दै एक पक्षले विरोध गरेको छ।

बैठकमै उपस्थित दुई पक्षबीचमा पनि महासचिव अस्मिता भण्डारी र कार्यसमिति सदस्य किशोरकुमार गौतमपक्षबीच भावी अध्यक्षको विषयलाई लिएर विवाद भएको थियो। विवादपछि कार्यवाहक अध्यक्ष चक्रबन्धु अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै असहज परिस्थितिका कारण महासभा बैठक हाललाई स्थगित गरी उपयुक्त समयमा गर्ने उल्लेख गरेका छन्।

महासचिव पक्षले भने नयाँ नेतृत्व छनोट गरेको भन्दै लेटरप्याडको दुरुपयोग गरी हस्ताक्षरबिनाको विज्ञप्ति निकालेको भनी महासंघका सदस्यले विरोध गर्न थालेका छन्। भण्डारी पक्षले निकालेको विज्ञप्तिमा महासंघ अन्तर्राष्ट्रिय समितिको भारत शाखाले समर्थन गरेको उल्लेख छ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत भण्डारीलाई नै समर्थन रहेको विज्ञप्तिमा उल्लेख छ। महासंघ भारतका महामण्डलेश्वर योगी अलखनाथ उद्घाटन कार्यक्रमको प्रमुख अतिथि रहेका थिए।

उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समर्थन भण्डारीलाई रहेको मन्तव्य व्यक्त गरेपछि गौतम पक्षका मानिस प्रमुख अतिथिप्रति खनिएको दाबी गर्दै हस्ताक्षरबिनाको विज्ञप्ति निकालिएको छ।

प्रकाशित मिति: १३:१२ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्