Kathmandu Press

सुत्केरी हुन नसकेकी महिला स्वास्थ्य केन्द्रमै छट्पटाउँदै

बाजुरा, मंसिर २७ : कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिला सुत्केरी हुन नसकेर छट्पटाइ रहेकी छन् । बुढिनन्दा नगरपालिका वडा नं ७ समालगाँउ बस्ने...
सुत्केरी हुन नसकेकी महिला स्वास्थ्य केन्द्रमै छट्पटाउँदै
Hardik ivf

बाजुरा, मंसिर २७ : कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिला सुत्केरी हुन नसकेर छट्पटाइ रहेकी छन् । बुढिनन्दा नगरपालिका वडा नं ७ समालगाँउ बस्ने वर्ष २६ की शारदा कडारा अत्यधिक रक्तश्रावका कारण जिवनमरणको दोसाधमा छन्।

तीन दिन पहिला कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी शारदाको पेटमै बच्चा मरिसकेको र त्यसपछि रक्तश्राव भएको त्यहाँका स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। स्वास्थ्य केन्द्रमा कार्यरत अनमी चन्द्रा दानीले महिलाको पेटमै बच्चा मरिसकेको र अहिले रक्तश्राव भइरहेको बताए । उनका अनुसार पाठेघरको मुख पनि नखुलेका कारणले महिलाको अवस्था निकै जोखिम रहेको छ।

स्वास्थ्य केन्द्रमा शारदालाई सुत्केरी गराउन सम्भव नभएपछि अन्यत्र लैजान भनिएको छ। अन्यन्त्र लैजान पैंसा नभएपछि स्वास्थ्य चौकी बाहिर घाममै महिला छट्पटाइरहेको बताइएको छ। शारदाका श्रीमान चन्दु कडारा श्रीमतीलाई अन्यत्र लैजान पैसाको जोहो गर्न बजार घुमिरहेका छन्। अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने भएकाले रेफर गरिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रकी अनमी चन्दाले बताइन्। 

प्रकाशित मिति: ११:३८ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्