Kathmandu Press

आज केही जिल्लामा हिमपातको सम्भावना

काठमाडौं, मंसिर २७ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।जल तथा मौसम...
आज केही जिल्लामा हिमपातको सम्भावना

काठमाडौं, मंसिर २७ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ। यसले चिसो हावा चल्न थालेको छ भने पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ।

Hardik ivf

यो प्रणालीका कारण कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै ठाउँमा मौसम बद्ली हुने महाशाखाले जनाएको छ। यसका प्रभावले वाग्मती प्रदेशका केही ठाउँमा पनि मौसम आंशिक बद्ली हुने जनाइउको छ।

काठमाणडौंमा भने आज पनि न्यूनतम तापक्रम घटेको छ। बिहान ६ बजेको न्यूनतम तापक्रम आज ४.४ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो। आज अधिकतम तापक्रम १८.२० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

 

प्रकाशित मिति: ०७:५९ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्