Kathmandu Press

जीप दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, मंसिर २६ : दाङमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा१ज ४३८ नंको...
जीप दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, मंसिर २६ : दाङमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा१ज ४३८ नंको जीप दुर्घटना १६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–४ का ४८ वर्षीय प्रेमप्रकाश शर्मा, सोही ठाउँका ४६ वर्षीया सौनी घर्ती र ४६ वर्षीय कर्णबहादुर खड्का छन् ।

Hardik ivf

तुलसीपुर–३ सिरखोला नजिकै जीप दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको हो । जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: १९:२७ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्