थप १९ लाख ६६ हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो
काठमाडौं, मंसिर २६ : कोरोनाविरुद्धको थप १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आज (आइतबार) नेपाल आइपुगेको छ।स्वास्थ्य सेवा विभागका अनुसार गाभी...
काठमाडौं, मंसिर २६ : कोरोनाविरुद्धको थप १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आज (आइतबार) नेपाल आइपुगेको छ।
स्वास्थ्य सेवा विभागका अनुसार गाभी र कोभ्याक्स सुविधामार्फत कउक्त खोप नेपाल आइपुगेको हो।
शुक्रबार पनि १४ लाख ९७ हजार ६०० मात्रा मोडर्ना खोप आएको आइसकेको छ। त्यसअघि मोडर्नाकै १ लाख ८८ हजार डोज खोप आइसकेको छ। तीनपटकगरी ३६ हजार ५१ हजार ४०० मात्रा मोडर्ना खोप आइसकेको विभागले जनाएको छ।
सरकारले पुस ४ गतेदेखि १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप दिने तयारी गरेको छ। ५७ जिल्लाका विद्यालयबाट बालबालिकालाई खोप दिने जनाइएको छ।
प्रकाशित मिति: १६:४९ बजे, आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












