कोरोना अपडेट : मुलुकभर २५४ संक्रमित थपिए, २३४ जना डिस्चार्ज
काठमाडौं, मंसिर २६ : पछिल्लो २४ घण्टामा मुलुकभर २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ८...
काठमाडौं, मंसिर २६ : पछिल्लो २४ घण्टामा मुलुकभर २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ८ हजार ६८२ जनाको परीक्षण गर्दा पीसीआरबाट २४२ र एन्टीजेनबाट १२ जनामा संक्रमण देखिएको हो।
सोही अवधिमा २३४ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको निधन भएको मन्त्रालयले जनाएको छ।
योसँगै मुलकभर कोरोना संक्रमितको कुल संख्या ८ लाख २४ हजार २२२ पुगेको छ भने एन्टीजेनतर्फ ९५ हजार ७८२ पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ६ हजार ७७८ पुगेको छ।
कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ५५४ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार देशभर ५ हजार ८९० सक्रिय संक्रमित रहेका छन्। तीमध्य ५ हजार ६०१ जना होम आइसोलेसनमा रहेका छन् भने २८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ९५ जना क्वारेन्टिनमा रहेका छन्। त्यस्तै ११८ जना आइसीयूमा उपचाररत छन् भने ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएकोा छ।












