Kathmandu Press

काठमाडौँको न्यूनतम तापक्रम आज यो वर्षकै कम

काठमाडौँ, मंसिर २६ : काठमाडौँमा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम...
काठमाडौँको न्यूनतम तापक्रम आज यो वर्षकै कम

काठमाडौँ, मंसिर २६ : काठमाडौँमा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ। 

विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५।० डिग्री सेल्सियसमा झरेको छ । यसअघि शनिबार ५।४ डिग्री सेल्सियसमापन गरिएको थियो । तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसँगै देशभर चिसो बढेको मौसमविद् मञ्जु बासीले बताए । उनका अनुसार अब चिसो निरन्तर बढ्दै जाने छ । केही अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ। 

Hardik ivf

मुलुकभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। 

हाल देशको पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव चार डिग्री सेल्सियस रहेको छ। 

प्रकाशित मिति: १३:५८ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्