पार्टीलाई मिलाएर अगाडि लैजान केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी
इतिहास र वर्तमानले देखाइसकेको छ, नेपाली कांग्रेसको राजनीतिलाई व्यवस्थापन गरेर लान सके मुलुकमा लोकतन्त्र पनि सप्रिन्छ । यो अवस्थामा राजनीति गर्ने मान्छे चुप लागेर बस्न सक्दैन ।कांग्रेसको अहिलेको विधान संविधान अनुरूपको समावेशी छ– महिला, जनजाति, मुस्लिम, थारू लगायत समेटिएका छन् । त्यही हिसाबले विधानमै टेकेर अगाडि बढ्दा संघीयता बलियो हुन्छ । अहिले नेपाली कांग्रेसमा युवालाई स्थान दिइएको छ । त्यसैले प्रशस्त युवा आउने सम्भावना छ । मुलुकलाई हाँक्ने पार्टी भएकाले त्यही हिसाबले अगाडि बढ्नुपर्छ ।
१४औं महाधिवेशनमा मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको छु । नियम अनुसार त म प्रदेश १ मै उठ्नुपर्ने हो । नेपाली कांग्रेसको विधान अनुुसार प्रदेशकै सभापतिमा हुनुपथ्र्यो तर, हुन सकिनँ । राजनीति गर्ने मान्छे यताउता भइरहेको हुन्छ । पार्टीलाई मिलाएर अगाडि बढाउन मैले पनि सानो भूमिका निभाउन पाउँ भन्ने सोचले केन्द्रीय सदस्यको उम्मेदवारी दिँदै छु ।
अहिले कांग्रेसभित्र दुवै पक्षबीच झगडाजस्तो छ । पदाधिकारी मिलाएका छैनन्, सभापति छान्न पनि त्यस्तै अलमल छ । यो अवस्थामा केन्द्रमा गई केही भूमिका खेल्न सकिन्छ, पार्टीलाई विधान अनुसार अगाडि बढाउन सकिन्छ भनेर उम्मेदवारी दिने भएको हुँ ।
इतिहास र वर्तमानले देखाइसकेको छ, नेपाली कांग्रेसको राजनीतिलाई व्यवस्थापन गरेर लान सके मुलुकमा लोकतन्त्र पनि सप्रिन्छ । यो अवस्थामा राजनीति गर्ने मान्छे चुप लागेर बस्न सक्दैन ।
अब आउने नेतृत्व पार्टीलाई मिलाएर लैजान सक्ने खालको हुर्नुपर्छ । पार्टीको विधान नमानी अर्थात् नियम उल्लघंन गरेर अगाडि बढिरहेको अवस्था पनि छ । अब नेतृत्वमा त्यस्ता व्यक्ति नआई पार्टीको विधान अनुसार चल्ने व्यक्ति आवोस् भन्ने अपेक्षा छ । पार्टीलाई फुटाएर होइन, जोडेर लाने व्यक्ति नेतृत्वमा आइदिए हुन्थ्योजस्तो लाग्छ ।
म २०३६ सालदेखि राजनीतिमा जोडिएको हुँ । त्यतिबेला महेन्द्र बहुमुखी क्याम्पस, विराटनगरमा अध्ययन गर्दै थिएँ, पाकिस्तानमा राजनीति गर्नेलाई फाँसी दिइएको चर्चा नेपालमा पनि भयो । त्यसविरुद्ध नेपालमा ठूलो आन्दोलन भयो । देशभर नै विद्यार्थी सडकमा उत्रिए । त्यही बेलादेखि मेरो राजनीतिक यात्रा सुरु भएको हो । त्यतिबेला हरि सापकोटाले मलाई जिल्ला कमिटीमा ल्याएका हुन् । त्यहीँबाट विभिन्न चरणमा पार्टीको आलोचना भोग्दै राजनीतिक यात्रा गरेँ र प्रदेश सभासम्म आइपुग्न सकेँ । सबैले साथ–सहयोग गरेका कारण निर्वाचित हुने अपेक्षा गरेको छु ।
( प्रदेश १ संसदीय दलका नेता तथा केन्द्रीय सदस्यका उम्मेदवार कोइरालासँग काठमाडौं प्रेसकर्मी सरिशा अछामीले गरेको वार्तामा आधारित ।)