Kathmandu Press

सुदूरपश्चिमलाई राष्ट्रिय महिला कबडी प्रतियोगिताको उपाधि

धनुषा, मंसिर २६ : राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ को उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ।धनुषाको बटेश्वर गाउँपालिकामा मंसिर २३ गतेदेखि आयोजित प्रतियोगिताको...
सुदूरपश्चिमलाई राष्ट्रिय महिला कबडी प्रतियोगिताको उपाधि

धनुषा, मंसिर २६ : राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ को उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ।

धनुषाको बटेश्वर गाउँपालिकामा मंसिर २३ गतेदेखि आयोजित प्रतियोगिताको शनिबार सम्पन्न  फाइनल खेलमा सुदूरपश्चिमले आठ अङ्कका विरुद्ध ५४ अङ्क ल्याई लुम्बिनी प्रदेशमाथि भारी अङ्क अन्तरले विजयी भएको हो।

Hardik ivf

प्रतियोगितामा बागमती प्रदेश र गण्डकी प्रदेशले तृतीय स्थान प्राप्त गरेका थिए। फाइन खेलमा प्रथम हुने टिमलाई एक लाख ५०५, द्वितीय हुनेलाई ५० हजार ५०५ र तृतीयलाई २५ हजार ५०५ नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिएको छ।

त्यसैगरी प्रतियोगितामा बेस्ट रेडर र म्यान अफ दि म्याचको पुरस्कार सुदूपश्चिमकी खेलाडी सुनिता थापालाई र बेस्ट डिफेन्डरको पुरस्कार सुदूरपश्चिमकै खेलाडी निशा बोहरालाई प्रदान गरिएको छ।

वटेश्वर गाउँपालिकाको संयोजन तथा शिवशक्ति युथ क्लब बटेश्वरको आयोजनामा आयोजित प्रतियोगितामा सातवटै प्रदेशको टिमको सहभागिता रहेको प्रतियोगिता प्रचासप्रसार समितिका संयोजक मदन विश्वकर्माले बताए।

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै वटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतले खेलकुदले ठाउँको पहिचान गराउनुका साथै देशको नामसमेत प्रख्यात गराउन सहयोग पु¥याउने भएको हुँदा यस्ता किसिमका प्रतियोगितामा गाउँपालिकाले संयोजन गरेको बताए।

प्रकाशित मिति: ०८:०२ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्