Kathmandu Press

भालुको आक्रमणबाट दुई जना घाइते

बैतडी, मंसिर २६ : जङ्गली भालुको आक्रमणबाट बैतडीमा दुई जना गम्भीर घाइते भएका छन्।घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही...
भालुको आक्रमणबाट दुई जना घाइते
फाइल फोटो

बैतडी, मंसिर २६ : जङ्गली भालुको आक्रमणबाट बैतडीमा दुई जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द छन्।

शनिबार दिउँसो घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले बताए।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ०७:२१ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्