Kathmandu Press

सिन्धुपाल्चोकमा बस दुर्घटना, एक जनाको मृत्यु

सिन्धुपाल्चोक, मंसिर २६ : सिन्धुपाल्चोकको बलेफी गाँउपालिका ४ माँझ गाउँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।जन्ती लिन विञ्जेल जाँदै गरेको बा...
सिन्धुपाल्चोकमा बस दुर्घटना, एक जनाको मृत्यु

सिन्धुपाल्चोक, मंसिर २६ : सिन्धुपाल्चोकको बलेफी गाँउपालिका ४ माँझ गाउँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जन्ती लिन विञ्जेल जाँदै गरेको बा २ ख ५६१४ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटना मृत्यु भएको व्यक्ति सनाखत हुन बाँकी छ।

दुर्घटनामा अन्य १० जना गम्भीर घाइते भएका छन् भने १० जनाभन्दा सामान्य घाइते भएको स्थानीय ज्ञानेन्द्र तिमल्सिनाले बताए। बसमा करीब २५ जना रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल धुलिखेल लगिएको छ।

बसमा विवाहका लागि आएका पाहुना रहेको तिमिल्सिनाले बताए। बस सडकबाट करिब १०० मिटर तल खसेको छ। घाइतेको स्थानीय बासिन्दा र सुरक्षाकर्मीले उद्धार गरेका छन्।

प्रकाशित मिति: ०७:१८ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्