एनआरटीद्वारा सातदोबाटो १-० ले पराजित
काठमाडौं, मंसिर २५ : सहिद स्मारक ए डिभिजन ०७८ मा एनआरटीले शनिबार पहिलो जित निकालेको छ।दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोलाई १–० ले हराउँदै...
काठमाडौं, मंसिर २५ : सहिद स्मारक ए डिभिजन ०७८ मा एनआरटीले शनिबार पहिलो जित निकालेको छ।
दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोलाई १–० ले हराउँदै एनआरटीले पहिलो जित निकालेको हो । एनआरटीका लागि निर्णायक गोल स्टेफन बिनोङले ४६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
एनआरटीले लगातार दोस्रो बराबरी खेलेपछि जित हात पारेको हो। यो जितसँगै एनआरटीले चार खेलबाट पाँच अंक जोडेर सातौं स्थानमा उक्लेको छ। नवप्रवेशी सातदोबाटोको भने यो पहिलो हार हो।
यसअघि उसले लगातार दुई जित निकालेको थियो। आजको नतिजापछि सातदोबाटो सात अंकमै सीमित रह्यो र अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर पनि गुमायो। सातदोबाटो अझै तेस्रो स्थानमा छ ।
प्रकाशित मिति: १८:३१ बजे, शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











