माछापुच्छ्रे बैंकको शाखा १३६ पुग्यो, प्रदेश १ र २ मा १३ वटा शाखा सुरू
काठमाडौं, भदौ ११ : माछापुच्छ्रे बैंकले प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको छ।
बैं....

काठमाडौं, भदौ ११ : माछापुच्छ्रे बैंकले प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको छ।
बैंकले प्रदेश नम्बर २ को बाराको सिमरा, कलैया र नीजगढ, सर्लाहीको हरिवन, मलंगवा र लालबन्दी, धनुषाको ढल्केबर, सिराहाको गोलबजार र सप्तरीको कञ्चनपुरमा गरी ९ वटा शाखा कार्यालयहरुबाट औपचारिक कारोबार सुरु भएको हो।
त्यस्तै, प्रदेश १ को झापाको उर्लाबारी र सुरुङ्गा, उदयपुरको गाईघाट तथा ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजारमा गरी ४ नयाँ शाखाबाट पनि औपचारिक कारोबार सुरुवात गरेको छ।
प्रदेश १ र २ का १३ शाखाको बैंकका अध्यक्ष वीरेन्द्रप्रसाद महतोले उद्घाटन गरेका छन्।
माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराएको छ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुकार साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १ सय ३६ शाखाहरु र १ सय २१ शाखारहित बैकिङ्ग सेवा सहित २ सय ५७ स्थानवाट बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १५७ वटा एटीएमहरु संचालनमा रहेका छन्।










-1754206481.jpg)
