देशभर २३६ जनामा कोरोना संक्रमण, ३०७ जना संक्रमणमुक्त
काठमाडौं, मंसिर २५ : पछिल्लो २४ घण्टामा मुलुकभर २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ९...
काठमाडौं, मंसिर २५ : पछिल्लो २४ घण्टामा मुलुकभर २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ९ हजार १७८ जनाको परीक्षण गर्दा पीसीआरबाट १९४ र एन्टीजेनबाट ४२ जनामा संक्रमण देखिएको हो।
सोही अवधिमा ३०७ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको निधन भएको मन्त्रालयले जनाएको छ।
योसँगै मुलकभर कोरोना संक्रमितको कुल संख्या ८ लाख २३ हजार ९८० पुगेको छ भने एन्टीजेनतर्फ ९५ हजार ७७० पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ६ हजार ५४४ पुगेको छ।
कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ५५३ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार देशभर ५ हजार ८८३ सक्रिय संक्रमित रहेका छन्। तीमध्य ५ हजार ६०६ जना होम आइसोलेसनमा रहेका छन् भने २७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ९८ जना क्वारेन्टिनमा रहेका छन्। त्यस्तै ११२ जना आइसीयूमा उपचाररत छन् भने २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएकोा छ।












