संस्थापन पक्षले टुंग्ग्यायो प्रदेश र समावेशीतर्फका केन्द्रीय सदस्य उम्मेदवार
काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसको संस्थापन पक्षले केही केन्द्रीय सदस्य उम्मेदवारको नाम टुंगो लगाएको छ।प्रदेशबाट प्रतिनिधित्व गर्ने तथा समावेशीतर्फका केन्द्रीय सदस्यहरुको उम्मेदवार टुंगो...
काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसको संस्थापन पक्षले केही केन्द्रीय सदस्य उम्मेदवारको नाम टुंगो लगाएको छ।
प्रदेशबाट प्रतिनिधित्व गर्ने तथा समावेशीतर्फका केन्द्रीय सदस्यहरुको उम्मेदवार टुंगो लगाइएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।
जसमा प्रदेश १ बाट अमृत अर्याल (मोरङ), आनन्द सन्तोषी राई (धनकुटा) र महिलामा महिन्द्र लिम्बू (झापा) रहेका छन्। प्रदेश २ बाट रमेश रिजाल (पर्सा), आनन्द ढुंगाना (धनुषा) र महिलामा चित्रलेखा यादव (सिरहा) रहेका छन्।
ध्यानगोविन्द रञ्जित (काठमाडौं), ध्रुव अधिकारी (नुवाकोट) र महिलामा उर्मिला केसी (ललितपुर) उम्मेदवार वाग्मती प्रदेशका तर्फबाट छन्। गण्डकीबाट भने तनहुँका ध्रुव वाग्ले, कास्कीका सोभियतबहादुर अधिकारी र महिलामा स्याङ्जाकी सरस्वती तिवारी छन्।
लुम्बिनीबाट देवेन्द्रराज कँडेल (नवलपरासी पश्चिम), चन्द्र केसी (गुल्मी) र महिलामा शिला शर्मा खड्का (दाङ) लाई उम्मेदवार बनाइने भएको छ। कर्णालीमा कणर्बहादुर बुढा (डोल्पा), राजीवविक्रम शाह (जाजरकोट) र महिलामा जानकी सिंह (सुर्खेत) लाई केन्द्रीय सदस्य उम्मेदवार बन्ने भएका छन्।
सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिमबाट डा. रणबहादुर रावल (कैलाली), यज्ञराज जोशी (कञ्चनपुर) तथा महिलामा सुशीला भट्ट (कैलाली) ले उम्मेदवार बन्ने अवसर पाएका छन्। कांग्रेस विधानमा प्रदेशबाट एक महलिासहित तीनजन केन्द्रीय सदस्य बन्ने व्यवस्था छ।
त्यस्तै समावेशितातर्फ मुस्लिम कोटामा अब्दुल रज्जाक (रुपन्देही), अब्दुल सतार (गोरखा) र सुविदा खातुन (बर्दिया) लाई उम्मेद्वार बनाउने निर्णय गरिएको छ।
पिछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह (बझाङ) र अल्पसंख्यक कोटाबाट प्रदीप सुनुवार (ओखलढुंगा) लाई उम्मेदवार बनाउने निणर्य संस्थापन पक्षले गरेको छ। अपांगता कोटाबाट मदनकृष्ण श्रेष्ठ (भक्तपुर) लाई उम्मेदवार बनाउने भएको छ।
खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी (झापा), श्याम घिमिरे (सिन्धुली), नारायणबहादुर कार्की (उदयपुर), कृष्णबहादुर कार्की (नवलपरासी पूर्व), गेहेन्द्र गिरी (दाङ), प्रकाश अधिकारी (चितवन), गोविन्दबहादुर शाह (अछाम) रहेका छन्।
खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाँण (सिराहा), नानु बास्तोला (काठमाडौं), चम्फा खड्का (बागलुङ), कान्तिका सेजुवाल (जुम्ला), लीला नेपाल (सिन्धुपाल्चोक) र विद्या तिमिल्सिना (बाजुरा) लाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले बताएकाे छ।












