Kathmandu Press

झापामा बस र भ्यान ठोक्किँदा एक जनाको मृत्यु, ५ जना घाइते

 झापा, मंसिर २५ : झापाको बाह्रदशी गाउँपालिका–३ स्थित त्रिवेणी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते...
झापामा बस र भ्यान ठोक्किँदा एक जनाको मृत्यु, ५ जना घाइते

 झापा, मंसिर २५ : झापाको बाह्रदशी गाउँपालिका–३ स्थित त्रिवेणी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

मृत्यु हुनेमा सोही गाउँपालिका वडा नं १ भागुडुब्बाका ३४ वर्षीय प्रमोदचन्द्र उप्रेती रहेका छन्। 

Hardik ivf

घाइते हुनेहरुमा वडा नं १ कै ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ बस्ने १२ वर्षीय विशाल पौडेलको विर्तामोडस्थित बिएण्डसी अस्तालमा उपचार भइरहेको छ । 

आज बिहान चारपाने राजगढ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–००१–ख ३५२४ नंको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ नंको भ्यान एकापसमा ठक्कर खाई दुर्घटना भएको थियो । 

दुर्घटनामा घाइते भएका भ्यान चालक उप्रेतीको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। 

प्रकाशित मिति: १२:०८ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्