Kathmandu Press

बागमती प्रदेशसभाको नवौं अधिवेशनको सातौं बैठक पुस ७ मा 

मकवानपुर, मंसिर २५ : बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ। प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १...
बागमती प्रदेशसभाको नवौं अधिवेशनको सातौं बैठक पुस ७ मा 

मकवानपुर, मंसिर २५ : बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ। 

प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
 
यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो। साथै सचिव खड्काले दिएको जानकारीअनुसार यही पुसको पहिलो हप्तामा प्रदेशसभाका विभिन्न समितिको बैठक पनि बस्ने भएको छ। 

प्रकाशित मिति: ११:५४ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्