Kathmandu Press

दुई वर्षपछि श्रीअन्तु पोखरीमा डुङ्गा सञ्चालन

मङ्गलबारे, मंसिर २५ : पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको श्रीअन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालनमा आएको छ।दुई वर्षदेखि रोकिएको डुङ्गा सञ्चालन पुनः सुरु गरिएको हो।...
दुई वर्षपछि श्रीअन्तु पोखरीमा डुङ्गा सञ्चालन

मङ्गलबारे, मंसिर २५ : पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको श्रीअन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालनमा आएको छ।

दुई वर्षदेखि रोकिएको डुङ्गा सञ्चालन पुनः सुरु गरिएको हो। कोरोना महामारीसँगै नगरपालिका र डुङ्गा सञ्चालकबीच केही समस्या उत्पन्न भएपछि श्रीअन्तु पोखरीमा डुङ्गा सञ्चालन हुन् छोडेको थियो।

Hardik ivf

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न पोखरीमा पहिलोपटक नगरपालिका आफैँले डुङ्गा सञ्चालनमा ल्याएको हो। श्रीअन्तु पुगेपछि सूर्योदय र सूर्यास्तको दृश्यसँगै आन्तरिक तथा बाह्य पर्यटकको अर्को रोजाइ डुङ्गा सयर हुने गरेको छ।

हाल पोखरीमा तीनवटा डुङ्गा सञ्चालन थालिएको नगर प्रमुख रणबहादुर राईले बताए। बाहिरबाट आउने पर्यटकको मनोरञ्जनका लागि डुङ्गा सञ्चालन गरिएको उनले बताए।

प्रमुख राईका अनुसार पर्यटनका विभिन्न क्षेत्रको पूर्वाधार विकास गर्ने क्रममा नगरपालिकाले पोखरीमा डुङ्गा सञ्चालनमा रकम विनियोजन गरिसकिएको छ।

पर्यटकबाट एक पटक डुङ्गामा चढेर पोखरी फन्को लगाएको रु. ५० शुल्क लिइने गरिएकको छ। डुङगा चढ्नलाई १५ वटा लाइफ ज्याकेट पनि व्यवस्था गरिएको छ। (रासस)

प्रकाशित मिति: ०७:५४ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्